आजबाट दशैँका लागि सुकिला नोट सटही सुरु


बैंकको खबर । नेपाल राष्ट्र बैंकले दशैँका लागि आजबाट सुकिला नोटहरुको सटही दिने भएको छ । 

यसपटक राष्ट्र बैंकले नयाँ नोट सटही दिने छैन । यसअघि प्रयोग भइसकेका ‘सुकिला’ नोटहरु साटही गर्नेछ । पछिल्लो केही वर्षयता भौतिक नोट भन्दा डिजिटल कारोबारको प्रयोग बढ्दै जाँदा नोटको आयु बढ्दै गएको छ ।

राष्ट्र बैंकले असोज २२ गतेसमम सुकिला नोट सटही गर्न सकिने जनाएको छ । सुकिला नोटहरु राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग, बैंकिङ विभाग र प्रदेशस्थित कार्यालयहरु (विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी)बाट सटही गर्न सकिनेछ । साथै इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरुबाट समेत सटही गर्न सकिने व्यवस्था मिलाइएको राष्ट्र बैंकले जनाएको छ ।

All banking information at your fingertips.

शेयर गर्नुहोस