पाकिस्तानलाई सात अर्ब अमेरिकी डलर ऋण दिँदै आइएमएफ


अन्तर्राष्ट्रिय खबर । अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) ले पाकिस्तानको पाकिस्तानको अर्थतन्त्र सुधारकालागि भन्दै सात अर्ब अमेरिकी डलर ऋण स्वीकृत गरेकोछ  । 

खस्किदै गएको पाकिस्तानको अर्थतन्त्रलाई बलियो बनाउन आइएमएफले तीन वर्षे ऋण कार्यक्रमअन्तर्गत सो ऋण स्वीकृत गरिएको जनाएको छ । आएएमएफले गत जुलाईमा पाकिस्तान उक्त सम्झौतामा सहमत भएपछि ऋण स्वीकृत भएको हो । 

बुधबार न्यूयोर्कमा राष्ट्रसङ्घको महासभामा बोल्दै प्रधानमन्त्री शाहबाज सरिफले साउदी अरब, चीन र संयुक्त अरब इमिरेट्सको समर्थनका कारण सम्झौता भएको बताएका छन् । 

वार्ताको अन्तिम चरणमा आईएमएफका सर्तहरू चीनसँग सम्बन्धित थिए । चिनियाँ सरकारले यस अवस्थामा समर्थन गरेकोमा  प्रधानमन्त्री सरिफले आभार व्यक्त गरे । 

लामो समयदेखि राजनीतिक र आर्थिक सङ्कटको चक्रमा फसेको पाकिस्तानले कुल २५० अर्ब डलरभन्दा बढी ऋण जम्मा गरेको छ । आइएमएफका अनुसार पाकिस्तानको लगभग ४० प्रतिशत ऋण विदेशी मुद्रामा बाह्य ऋणदाताहरूलाई तिर्न बाँकी छ । यो ऋण मध्ये पाकिस्तानले सबैभन्दा भेरै चीन र चिनियाँ बैंकहरुबाट लिएको छ ।

पाकिस्थानले नयाँ ऋणका लागि आईएमएफ अधिकारीहरूसँग महिनौँसम्म माग गरिरहेका थिए । आइएमएफले संकटग्रस्त ऊर्जा क्षेत्रको समाधान गरी करको वृद्धि गर्न घरेलु बिलहरू बढाउने लगायतका सुधारका काम गर्ने शर्तमा सो ऋण उपलब्ध गराएको बताइएको छ । 

All banking information at your fingertips.

शेयर गर्नुहोस