टिकेन सेयरबजारको वृद्धि, नेप्सेमा देखियो ३२ अंकको गिरावट


सेयर खबर । बुधबार करिब ५० अंक बढेको सेयरबजारमा बिहीबार गिरावट भएको छ । नेप्से परिसूचक ३२ दशमलव ८१ अंकले घटेर दुई हजार चार सय ८६.७६ विन्दुमा झरेको छ । 

कारोबार भएका २४४ कम्पनीमध्ये २०२ वटाको सेयरमूल्यमा गिरावट आउँदा बजार दबाबमा परेको हो । यद्यपी यस दिन १८ कम्पनीका सेयरधनीले कमाएका छन भने चार कम्पनीको सेयरमूल्य स्थिर रहेको छ । 

चार अर्ब ८४ करोड १४ लाख सात हजार सात सय २० रुपैयाँको कूल एक करोड ३६ लाख ९१ हजार पाँच सय ९६ कित्ता सेयर किनबेच भएको छ ।

विन नेपाल लघुवित्त नौ दशमलव ८५, बोटलर्स नेपाल बालाजु पाँच दशमलव शून्य छ, एसबिएल डिवेञ्चर पाँच दशमलव शून्य पाँच, एनआइसी एसिया डिवेञ्चर चार दशमलव ५६ र एनएमबी डिवेञ्चरका लगानीकर्ताले चार दशमलव शून्य तीन प्रतिशतले बढेको छ । 

ग्रीन भेञ्चर्स १०, दोर्दी खोला हाइड्रोपावर सात दशमलव ६९, अपि पावर कम्पनी सात दशमलव ४६, थ्री स्टार हाइड्रोपावर छ दशमलव ७३ र इन्ग्वा हाइड्रोपावरका लगानीकर्ताले छ दशमलव ६७ प्रतिशतले गुमाएका छन् । 

शेयर गर्नुहोस