साउनमा भित्रियो १ खर्ब ३६ अर्ब ९३ करोड रेमिट्यान्स


बैंकको खबर । यस आर्थिक वर्षको पहिलो महिना (साउन)मा एक खर्ब ३६ अर्ब ९३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १८ प्रतिशत बढी हो । गतवर्ष साउनमा एक खर्ब १६ अर्ब  करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १ अर्ब २ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ८७ करोड ९८ लाख रहेको थियो । 

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ३६,९२८ र पुनः श्रम स्वीकृति लिनेको संख्या २२,६४७ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ३९,१५२ र १६,४२३ रहेको थियो ।

समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) १ खर्ब ४८ अर्ब ४९ रुपैयाँ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १ खर्ब २८ अर्ब २१ करोड रुपैयाँ थियो ।

All banking information at your fingertips.

शेयर गर्नुहोस