सुनको मूल्य प्रतितोला एक लाख ६० हजार सात सय पुग्यो 


बैंकको खबर । नेपाली बजारमा आज (असोज १० गते, बिहीबार) सुनको मूल्य प्रतितोला एक लाख ६० हजार ७०० रुपैयाँ पुगेको छ । जुन मूल्य अहिले सम्मकै उच्च हो । 

केही दिन यता सुनको मूल्यले निरन्तर रेकर्ड बनाउँदै आएको छ । पाँच दिन यता सुनको मूल्य लगातार बढेको छ । आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ६० हजार ७०० रुपैयाँमा कारोबार भएको छ ।

आज चाँदीको मूल्य हालसम्मकै सर्वोच्च उचाइमा पुगेर स्थिर रहेको छ । जुन मूल्य बुधबार पनि कायम थियो । चाँदीको कारोबार प्रतितोला एक हजार ९५५ रुपैयाँमा भइरहेको छ । 

शेयर गर्नुहोस