प्राइम र गुराँससँग मर्जरमा जाने प्रस्ताव पारित गर्न युनियन लाइफले बोलायो विशेष साधारणसभा


बीमा खबर । युनियन लाइफ इन्स्योरेन्सले २०८० वैशाख ६ गते बुधबार रुपन्देहीको टाइगर प्यालेस रिसोर्टमा विशेष साधारणसभा डाकेको छ । चैत १९ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको ९१ औं र्बठकले प्राइम लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्स कम्पनीसँग एक आपसमा गाभ्ने गभिने सम्बन्धी प्रस्ताव पारित गर्न विशेष साधारणसभा डाकेको हो । 

तीन कम्पनी एक आपसमा गाभिए पश्चात बन्ने जीवन बीमा व्यवसाय गर्ने कम्पनीको नाम हिमालयन लाइफ इन्स्योरेन्स कायम गरी सो नामबाट जीवन बीमा व्यवसाय सञ्चालन गर्ने सम्बन्धी प्रस्ताव पनि पारित गर्नेछ । यि तीन कम्पनी १ः१ः१ शेयर अनुपातमा एक आपसमा गाभिन लागेका हुन । 

विशेष साधारणसभा प्रयोजनका लागि इन्स्योरेन्सले २०७९ चैत २७ गते एक दिन बुकक्लोज गर्ने भएको छ । यससँगै चैत २६ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा कारोबार भई कायम शेयरधनीले मात्रै विशेष साधारणसभामा सहभागिता जनाउन पाउनेछन । 


 

All financial information at your fingertips.

शेयर गर्नुहोस