एक तोला सुनको मूल्य १ लाख ५७ हजार ३०० रुपैयाँ पुग्यो


अर्थतन्त्र । नेपाली बजारमा सुनको मूल्यले तीन दिनदेखि नयाँ रेकर्ड बनाइरहेको छ । आज (२०८१ भदौ ३१ गते) सोमबार सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५७ हजार ३०० रुपैयाँ पुगेको छ । गएको शुक्रबार देखि नैसुनको मूल्य बढीरहेको छ । 

 


 

महासंघले आज चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँ बढेर १ हजार ९१५ रुपैयाँ पुगेको जनाएको छ ।

 

२०८१ भदौ ३१ गते

शेयर गर्नुहोस