ब्याजदर घटाउँदै युरोपेली केन्द्रीय बैंक


बैंकको खबर । युरोपेली केन्द्रीय बैंकले ब्याजदर कटौती गर्नसक्ने सम्भावना बढेको छ । युरोपमा मुद्रास्फिति नियन्त्रण उन्मुख हुँदै गएपछि युरोपेली केन्द्रीय बैंकले बिहीबार फेरि ब्याजदर कटौती गर्ने अपेक्षा गरिएको छ।

बढ्दो उपभोक्ता मूल्यलाई सम्बोधन गर्न सन् २०२२ को मध्यदेखि उच्च गतिमा दरहरू बढाएको यूरोपेली केन्द्रीय बैंकले मुद्रास्फीति दर घटेकाले ब्याजदर कम गर्न थालेको हो।

जर्मनीको फ्रयाङ्कफर्टमा रहेको बैङ्कले गत जुनमा पहिलो पटक निक्षेपको ब्याजदर चार प्रतिशतबाट घटाएर ३.७५ प्रतिशतमा झारेको थियो । ईसीबीले सन् २०१९ पछि दोस्रोपटक ब्याजदर कटौती गर्न लागेको हो ।

युृरो जोनको मुद्रास्फीति गत अगस्टमा तीन वर्षयताकै न्यून विन्दुमा झरेको थियो । उपभोक्ता मुद्रास्फीति २.२ प्रतिशतमा झरेको छ । 


सन् २०२२ मा रुसले युक्रेनमाथि हमला गरेपछि युरोपको महँगी बढेको थियो । खाद्यन्न र उर्जाको लागत बढेपछि मुद्रास्फीति दर १०.६ प्रतिशतसम्म पुगेको थियो । 

All banking information at your fingertips.

शेयर गर्नुहोस