नेप्से परिसूचकमा उच्च अंकको वृद्धि


बैंकको खबर । छ कारोबार दिनसम्म लगातार घटेको सेयरबजारमा बिहीबार वृद्धि भएको छ ।नेप्से परिसूचक ७८.३१ अंकले बढेर दुई हजार छ सय ८८.५३ विन्दुमा कायम भएको छ । 

आठ अर्ब १६ करोड ९२ लाख ७४ हजार छ सय १२ रुपैयाँको एक करोड ९४ लाख ३३ हजार एक सय ५४ कित्ता  सेयर किनबेच भएको छ ।

कारोबारमा आएका कूल १३ समूहमध्ये १२ वटा बढेका छन भने म्यूचुअल फण्ड समूह घटेको छ । 

विन नेपाल लघुवित्त, ग्रीन भेञ्चर्स लिमिटेड, इस्टन हाइड्रोपावर, रावा इनर्जीको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । त्यस्तै, एशियन हाइड्रोपावरका लगानीकर्ताले नौ दशमलव ९९ प्रतिशतले कमाएका छन् । 

थ्री स्टार हाइड्रोपावरको सेयर मूल्यमा १० प्रतिशतले गिरावट भई नकारात्मक सर्किट लागेको छ । 

कारोबार भएका २४४ कम्पनीमध्ये १२९ वटाको सेयरमूल्य बढेकाले बजारमा हरियाली छाएको हो । बजार बढेपनि १२ कम्पनीको सेयरमूल्य बढेको छ भने ३ वटाको स्थिर रहेको छ ।

All banking information at your fingertips.

शेयर गर्नुहोस