साल्ट ट्रेडिङको रक्तदान कार्यक्रम सम्पन्न


काठमाडौं, भदौ २३ । साल्ट ट्रेडिङ कर्पोरेसनले आफ्नो ६२औँ वार्षिकोत्सवको अवसरमा आइतबार रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

रक्तदान नै जीवनदान हो भन्ने मूल नाराका साथ सामाजिक उत्तरदायित्वअन्तर्गत साल्ट ट्रेडिङले कालीमाटीस्थित केन्द्रीय कार्यालयमा रक्तदान कायक्रम आयोजना गरेको हो ।  

साल्ट ट्रेडिङले यस वर्ष पनि नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा मिर्गौला रोग समाजको सहयोगार्थ रक्तदान कार्यक्रम आयोजना गरेको हो । कम्पनीले आफ्नो स्थापना दिवसको अवसर पारेर हरेक वर्ष मिर्गौला रोग समाजको सहयोगार्थ रक्तदान कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

साल्ट ट्रेडिङले आफ्नो स्थापना दिवस अर्थात भदौ २७ गते आफ्नो ६२औँ वार्षिकोत्सव मनाउँदै छ । 

रक्तदान कार्यक्रममा ५५ जना व्यक्तिले रक्तदान गरेको विभागीय प्रबन्धक व्रजेशकुमार झाले जानकारी दिए ।

२०८१ भदौ २३ गते आइतबार
 

शेयर गर्नुहोस