सेयरबजारमा नेप्से १२७ अंकले बढ्यो, करेक्सन सकिएको हो ?


बैंकको खबर । सेयरबजारमा सोमबार एक सय अंक बढीको वृद्धि भएको छ । नेप्से परिसूचक १२७.३२ अंकले बढेर २८२३.२५ विन्दुमा पुगेको छ । १३ अर्ब १० करोड ४६ लाख रुपैयाँ बराबरको तीन करोड १४ लाख ३० हजार ४८ कित्ता सेयर किनबेच भएको छ ।

नेप्सेका अनुसार, नेशनल हाइड्रोपावर, वेस्ट फाइनान्स, समृद्धि फाइनान्स, प्रोगे्रसिभ फाइनान्स र एनएलजी इन्स्योरेन्स कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । 

बजारमा हरियाली भएपनि लक्ष्मी उन्नति कोषको इकाइ मूल्य ४.७१, माईखोला हाइड्रोपावरको सेयरमूल्य ३.५९, एनआइसी एसिया फ्लेक्स १.८७, सनराइज फोकस्ड इक्विटी फण्ड १.८१ र सामुदायिक लघुवित्तको सेयरमूल्य १.६१ प्रतिशतले घटेको छ ।

बजार पुँजीकरण ४४ खर्ब ८३ अर्ब रुपैयाँ पुगेको छ । लगानीकर्ताको सम्पत्ति दुई खर्ब दुई अर्ब रुपैयाँ बढेको छ । 

कारोबार भएका २४४ कम्पनीमध्ये २३९ वटाको सेयरमूल्य बढेको छ भने पाँच कम्पनीको घटेको छ ।

फाइनान्स समूह सबैभन्दा धेरै ७.९२ प्रतिशत बढेको छ । त्यसपछि लगानी ५.४५ प्रतिशत, हाइड्रोपावर ५.३६, विकास बैंक ४.९९, होटल तथा पर्यटन ४.९२, निर्जीवन बीमा ४.८१, बैंकिङ ४.७३, जीवन बीमा ४.६९, अन्य ४.१४ प्रतिशत बढेको छ । यस्तै उत्पादन तथा प्रशोधन र लघुवित्त ३.३३ प्रतिशत, व्यापार २.८५ प्रतिशत र म्युचुअल फण्ड ०.८४ प्रतिशत बढेको छ । 

All financial information at your fingertips.

शेयर गर्नुहोस