नेप्से ५३.६३ अंकले घट्यो, १० अर्ब ६१ करोडको कारोबार


सेयर खबर । सेयरबजारमा आइतबार परिसूचक नेप्से ५३.६३ अंकले घटेर २६९५.९३ विन्दुमा झरेको छ । १० अर्ब ५१ करोड ७७ लाख रुपैयाँ बराबरको २ करोड ६२ लाख ४६ हजार ४३५ कित्ता सेयर किनबेच भएको छ । 

कारोबार भएका २४३ कम्पनीमध्ये २०९ वटाको सेयरमूल्यमा गिरावट आएको छ । ३१ कम्पनीका सेयरधनीले कमाएका छन भने चार कम्पनीको सेयरमूल्य स्थिर रहेको छ । 

म्युचुअल फण्ड बाहेक सबै समूह घटेका छन् । सबैभन्दा धेरै फाइनान्स समूह ३.४४ प्रतिशत घटेको छ । 

बजार घटेपनि सुपरमाई हाइड्रोपावरका सेयरधनीले १० प्रतिशत कमाएका छन् । पिपुल्स हाइड्रोपावर, माईखोला हाइड्रोपावर र थ्रिस्टार हाइड्रोपावरका सेयरधनीले १० प्रतिशत गुमाएका छन् । 

गुडविल फाइनान्सको सेयर कारोबार सर्वाधिक ५२ करोड ३१ लाख रुपैयाँ बराबरको भएको छ । बजार पुँजीकरण ४२ खर्ब ८१ अर्ब ६९ करोड रुपैयाँ बराबर कायम भएको छ । 
 

All financial information at your fingertips.

शेयर गर्नुहोस