सेयरबजारमा गिरावट, मूल्य थप घट्ने डरले बिक्रीचाप बढ्यो


सेयर खबर । सेयरबजारमा नेप्से परिसूचक आज (२०८० भदौ १३ गते बिहीबार) ३६ दशमलव ८३ अंकले घटेर दुई हजार सात सय ४९ दशमलव ५७ विन्दुमा ओर्लेको छ ।

कारोबार रकम पनि घटेको छ । १२ अर्ब २४ करोड ३६ लाख एक हजार तीन सय ६५ रुपैयाँ बराबरको दुई करोड ८३ लाख ४६ हजार दुई सय ४६ कित्ता सेयर किनबेच भएको छ । 

कारोबार भएका २४३ कम्पनीमध्ये १८८ वटाको सेयरमूल्य घट्दा बजार दबाबमा परेको हो । यद्यपी यसदिन ५३ वटा कम्पनीको सेयरमूल्य बढेको छ भने दुई वटाको स्थिर रहेको छ । 

यसदिन बजार रातो भएपनि कुथरी बखरी स्मल हाइड्रोपावरको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । यस्तै, रसुवागढी हाइड्रोपावरका सेयरधनीले ९.९९, मिड सोलु हाइड्रोपावर ८.४८, मितेरी डेभलपमेन्ट बैंक ७.८९ र पिपल्स हाइड्रोपावरका लगानीकर्ताले ७.६२ प्रतिशतले कमाएका छन् ।

थ्री स्टार हाइड्रोपावर १० प्रतिशत, विन नेपाल लघुवित्त ५.८४, एनआरएन इन्फास्ट्रक्चर ५.०८, तारागाउँ रिजेन्सी होटल ४.९९ र नाडेप लघुवित्तका लगानीकर्ताले ४.७८ प्रतिशतले गुमाएका छन् ।

यसदिन म्युचुअल फण्ड बाहेक अरु सबै समूहका सूचक घटेका छन् । सबैभन्दा धेरै जीवन बीमा २.०९ प्रतिशत र लघुवित्त २.०१ प्रतिशतले घटेको छ । 

All financial information at your fingertips.

शेयर गर्नुहोस