लघुवित्तका ऋणीलाई कर्जा भुक्तानी अवधि तीन वर्ष थपियो


बैंकको खबर । राष्ट्र बैंकले नियतवश कर्जा नतिर्ने ऋणीको विवरण तयार गरी त्यसबाहेकका परिस्थितिका कारण समस्यामा परी कर्जा नियमित गर्न नसकेको ऋणीलाई कर्जा चुक्ता गर्ने सम्बन्धमा सुविधा दिएको छ । राष्ट्र बैंकले मंगलबार यससम्बन्धी परित्रपत्र जारी गर्दै समस्यामा परेका ऋणीको कर्जाको  पुनर्तालिकीकरण वा पुनर्संरचना २०८१ पुस मसान्तभित्र गरिसक्नुपर्ने र कर्जा भुक्तानी अवधि बढीमा तीन वर्ष थप गर्नसक्ने व्यवस्था गरेको छ । 

यस्तो कर्जाहरूलाई पाँच प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्ने व्यवस्था भने कायमै राखेको छ । तर, निष्क्रिय वर्गमा वर्गीकरण भइसकेका कर्जाहरूलाई पुनर्संरचना र÷वा पुनर्तालिकीकरण गर्दा पूर्ववत् कायम गरिएको कर्जा नोक्सानी व्यवस्था कायम राख्नुपर्नेछ । यसरी कायम गरिएको कर्जा नोक्सानी व्यवस्था लगातार एक वर्षसम्म कर्जा नियमित भएको अवस्थामा बाहेक कुनै समायोजन गर्न पाइने छैन ।

परिपत्रअनुसार कर्जा पुनर्तालिकीकरण र÷वा पुनर्संरचना गर्नुपर्ने स्पष्ट आधारहरू प्रत्येक कर्जा फाइलमा संलग्न हुनुपर्नेछ भने कर्जा पुनर्तालिकीकरण र÷वा पुनर्संरचना गर्दाको दिनसम्म असुल हुन बाँकी ब्याजको
कम्तीमा पाँच प्रतिशत ब्याज रकम असुलउपर भएको हुनुपर्ने परिपत्रमा उल्लेख छ । 

यस्तै, कर्जा पुनर्तालिकीकरण र÷वा पुनर्संरचना गर्दा असुल हुन बाँकी ब्याजलाई पुँजीकरण गरी आम्दानी जनाउन पाइने छैन । उक्त रकमलाई छुट्टै खातामा लेखाङ्कन गरी ब्याज असुल भएपछि मात्र आम्दानीका रूपमा देखाउन सकिनेछ ।

पुनर्तालिकीकरण वा पुनर्संरचना गरेबापत ऋणीबाट कुनै पनि प्रकारको शुल्क÷हर्जाना लिन पाइने छैन । पुनर्तालिकीकरण वा पुनर्संरचना गरिएका सक्रिय वर्गका कर्जाको किस्ता लगातार छ महिनासम्म नियमित भएपछि मात्र त्यस्ता कर्जालाई असल कर्जामा वर्गीकरण गर्न तथा कर्जा नोक्सानी व्यवस्थामा समायोजन गर्न पाइनेछ ।

कर्जा, सापट तथा सुविधा रकम नतिरेको कारण कालोसूचीमा राखिएको ऋणीले कर्जा तथा सुविधाको सम्पूर्ण साँवा ब्याज भुक्तानी गरेको खण्डमा निजलाई कालोसूचीबाट हटाउन सम्बन्धित संस्थाले कर्जा सूचना केन्द्रलाई सिफारिस गर्नुपर्नेछ । साथै राष्ट्र बैंकको निर्देशनको अधीनमा रही कर्जा पुनर्तालिकीकरण वा पुनर्संरचना  गरेमा समेत सम्बन्धित संस्थाले ऋणीलाई कालोसूचीबाट हटाउन कर्जा सूचना केन्द्रलाई सिफारिस गर्नुपर्नेछ । 

All financial information at your fingertips.

शेयर गर्नुहोस