सेयरबजारमा पहिरो, नेप्से १११.९६ अंकले घट्यो, लगानीकर्ताले गुमाए १ खर्ब ७८ अर्ब


सेयर खबर । सेयरबजारमा नेप्से परिसूचक उच्च अंकले घटेको छ । आइतबार ७९ दशमलव ८८ अंकले घटेको नेप्से परिसूचक आज (मंगलबार) एक सय ११ दशमलव ९६ अंकले घटेर दुई हजार सात सय ८२ दशमलव ६० विन्दुमा झरेको छ ।

१८ अर्ब ६४ करोड ९५ लाख ३३ हजार एक सय ७० रुपैयाँ बराबरको चार करोड ३८ लाख ६८ हजार नौ सय ७० कित्ता सेयर किनबेच भएको छ । 

लगानीकर्ताको सम्पत्ति एक दिनमै एक खर्ब ७८ अर्ब रुपैयाँ घटेको छ । बजार पुँजीकरण ४४ खर्ब १९ अर्ब रुपैयाँ कायम भएको छ । 

बजार उच्च अंकले घटेपनि होटल तथा पर्यटन समूह ०.४३ प्रतिशतले बढेको छ । बाँकी सबै समूह घटेका छन् । सबैभन्दा धेरै बैंकिङ समूह ४.९२ प्रतिशत घटेको छ । त्यसपछि फाइनान्स ४.६९ प्रतिशत, विकास बैंक ४.१८, लगानी ४.१३,  जलविद्युत् ३.९६, अन्य ३.८५, जीवन बीमा ३. ६५, लघुवित्त २.९६, उत्पादन तथा प्रशोधन २.९३, निर्जीवन बीमा २.४५, ब्यापार २.१६ र म्युचुअल फण्ड १.०९ प्रतिशतले घटेका छनु । 

तारागाउँ रिजेन्सी होटल लिमिटेड, आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड र दोल्ति पावर कम्पनीको सेयर कारोबार सकारात्मक सर्किट लेभलमा भएको छ । नेपाल फाइनान्स लिमिटेडको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ । 

कारोबार रकमका आधारमा मंगलबार सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको ६५ करोड ४२ लाख नौ हजार पाँच सय ८२ रुपैयाँको सेयर किनबेच भएको छ । 
 

All financial information at your fingertips.

शेयर गर्नुहोस