सेयरबजारमा उच्च गिरावट


काठमाडौँ, भदौ ९ ।  सेयरबजारमा आइतबार नेप्से परिसूचकमा उच्च अंकको गिरावट आएको छ । नेप्से ७९.८८ अंकले घटेर २८९४.५७ को विन्दुमा कायम भएको हो ।

१९ अर्ब ७४ करोड रुपैयाँको चार करोड २६ लाख ८६ हजार छ सय ४० कित्ता सेयर किनबेच भएको छ । कारोबार भएका २४४ कम्पनीमध्ये १८५ वटाको सेयरमूल्य घटेको छ भने ५९ वटाको बढेको छ । 

नेप्ष्सेमा गिरावट आएपछि लघुवित्त समूह १.०८ प्रतिशत बढेको छ । अरू सबै समूह घटेका छन् । सबैभन्दा धेरै लगानी समूह ३.८३ प्रतिशत घटेको छ । त्यसपछि बैंकिङ समूह ३.३१, फाइनान्स ३.५०, जलविद्युत् ३.०४, र अन्य समूह ३.५५ प्रतिशतले घटेका छन् । विकास बैंक २.४४, होटल तथा पर्यटन २.३८,  जीवन बीमा २.५०, उत्पादन तथा प्रशोधन १.९८, म्युचुअल फन्ड १.५९, निर्जीवन बीमा २.३२ र व्यापार समूह १.७६ प्रतिशतले घटेको छ ।

विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड, उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड र आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य १० प्रतिशत बढेर सकारात्मक सर्किट लागेको छ । 

मन्दाकिनी हाइड्रोपावर लिमिटेड र १०.२५ प्रतिशत केबिएल डिभेञ्चर ८६ ९ प्रतिशतभन्दा धेरै घटेका छन् । कारोबार रकमको आधारमा अपी पावर लिमिटेडको सबैभन्दा धेरै ८४ करोड ६८ लाख १७ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

लगानीकर्ताको सम्पत्ति यसदिन १ खर्ब २७ अर्ब रुपैयाँ घटेको छ । बजार पुँजीकरण ४५ खर्ब ९७ अर्ब रुपैयाँमा झरेको छ । साधारण सेयरतर्फको बजार पुँजीकरण १६ खखर्ब २४ अर्ब रुपैयाँ कायम भएको छ ।

All financial information at your fingertips.

शेयर गर्नुहोस