अपि पावरले सेयरधनीलाई ९ प्रतिशत बोनस सेयर दिने


सेयर खबर । अपि पावर कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ ।

कम्पनीको भदौ ७ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८९/८१ को नाफाबाट हाल कायम चुक्ता पूँजी ५७८.६५ करोडको ९ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनका लागि ०.४७३७ प्रतिशत गरी कुल ९.४७३७ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । 

प्रस्तावित सो लाभांश नियमनकारी निकाय विद्युत नियमन आयोगको स्वीकृति तथा कम्पनीको आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि सेयरधनीमा वितरण हुने कम्पनीले जनाएको छ । 
 

All financial information at your fingertips.

शेयर गर्नुहोस