भारतीय उद्योगपति अनिल अम्बानीलई पाँच वर्षको लागि सेयर बजारमा प्रतिबन्ध


अन्तर्राष्ट्रिय खबर । भारतीय धितोपत्र बजार नियामक निकाय सेबीले उद्योगपति अनिल अम्बानीलाई रकम दुरुपयोग गरेको आरोपमा ५ वर्षको लागि सेयर बजारमा प्रतिबन्ध लगाएको छ । 

अम्बानीलाई २५ करोड रुपैयाँ जरिवाना पनि लगाएको छ । उनलाई सूचीकृत कम्पनीमा सञ्चालक हुन पनि प्रतिबन्ध लगाएको छ ।

सेबीले रिलायन्स होम फाइनान्स (आरएचएफएल) का पूर्व प्रमुख अधिकारीहरू सहित २४ अन्य संस्थाहरूलाई पनि स्टक बजारमा कारोबार गर्न प्रतिबन्ध लगाएको छ । उनीहरु सबैलाई फरकफरक जरिवाना गरेको छ । रिलायन्स होम फाइनान्स कम्पनीलाई ६ महिनाको लागि प्रतिबन्ध लगाएको छ र ६ लाख जरिवाना तिर्न भनेको छ ।
 

सेबीद्वारा जारी २२२ पृष्ठको अन्तिम आदेश अनुसार, अनिल अम्बानीले आरएचएफएल अधिकारीहरूको सहयोगमा पैसा हिनामिना गरेका थिए । 

सेबीले अनिल अम्बानीसँगै अमित बापनालाई २७ करोड, रविन्द्र सुधाल्करलाई २६ करोड र पिंकेश आर शाहलाई २१ करोड रुपैयाँ जरिवाना लगाइएको छ । यस्तै रिलायन्स युनिकोर्न इन्टरप्राइजेज, रिलायन्स एक्सचेन्ज नेक्स्ट र अन्य कम्पनीहरूलाई रकम दुरुपयोग गरेको आरोपमा प्रत्येकलाई २५ करोड रुपैयाँ जरिवाना गरेएको छ ।

रिलायन्स इन्फ्राको सेयर झण्डै ११ प्रतिशतले घट्यो, पावर ५ प्रतिशतले घट्यो
सेबीको प्रतिबन्धपछि अनिल अम्बानीको कम्पनी रिलायन्स इन्फ्रा, रिलायन्स होम फाइनान्स र रिलायन्स पावरमा गिरावट आएको छ । सबैभन्दा बढी रिलायन्स इन्फ्रा १४ प्रतिशत, रिलायन्स होम फाइनान्स ५.१२ प्रतिशत र रिलायन्स पावर ५.०१ प्रतिशतले घटेको छ ।

 

All financial information at your fingertips.

 

२०८१, भदौ ७

शेयर गर्नुहोस