मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या दुई करोड ४६ लाख पुग्यो


बैंकको खबर । नेपालमा मोबाइल बैंकिङ प्रयोग गर्नेहरुको संख्या बढ्दै गएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार २०८१ असार मसान्तसम्म मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या २ करोड ४६ लाख ४८ हजार ८४६ पुगेको छ । २०८१ जेठमा यो संख्या २ करोड ४३ लाख ६३ हजार ७७६ थियो । एक वर्षअघि २०८० असार मसान्तमा २ करोड १३ लाख ६३ हजार ९८९ जनाले मोबाइल बैंकिङ सुविधा लिएका थिए । 

इन्टरनेट बैंकिङ प्रयोगकर्ताको संख्या एक वर्ष अघिको तुलनामा बढेका छ भने गत जेठको तुलनामा असारमा घटेको छ । एक वर्षअघि २०८० असार मसान्तमा १८ लाख ५६ हजार १९५ जना इन्टरनेट बैंकिङ प्रयोगकर्ता रहेकोमा २०८१ असार मसान्तमा १९ लाख १९ हजार ३२२ जना छन् । २०८१ जेठ मसान्तमा यस्तो संख्या १९ लाख ४५ हजार ७३६ थियो । 

मोबाइल वालेट प्रयोगकर्ताको संख्या पनि बढ्दै गएको छ । २०८१ असार मसान्तमा मोबाइल वालेट प्रयोगकर्ताको संख्या २ करोड ३४ लाख ६१ हजार १०७ छ । एक वर्षअघि २०८० असार मसान्तमा यस्तो संख्या १ करोड ८९ लाख ४१ हजार ७९३ थियो । 
 

All financial information at your fingertips.

शेयर गर्नुहोस