नेप्से ३००० विन्दुमा पुग्यो, करिब ३० अर्बको कारोबार


सेयर खबर । सेयरबजार परिसूचक नेप्से बिहीबार तीन हजार विन्दुमा पुगेको छ । नेप्से ४३ अंकले बढेर तीन हजार विन्दु छोएको हो ।
कारोबार रकमले नयाँ इतिहास कायम गरेको छ । २९ अर्ब ९५ करोड ८५ लाख १९ हजार २१६ रुपैयाँ बराबरको छ करोड ८९ लाख ८० हजार ३४६ कित्ता सेयर किनबेच भएको छ । 

बजार पुँजीकरण ४७ खर्ब ६५ अर्ब ९० करोड रुपैयाँ कायम भएको छ । लगानीकर्ताको सम्पत्ति एक दिनमै ६८ अर्ब रुपैयाँ बढेको छ । 

कारोबार भएका दुई सय ४३ कम्पनीमध्ये १०६ वटाको सेयमूल्य बढेको छ भने १३६ कम्पनीको सेयरमूल्य घटेको छ । एउटा कम्पनीको सेयरमूल्य भने स्थिर रहेको छ  । 

यसदिन बैंकिङ समूहमा लगानीकर्ताको आकर्षण बढेको देखियो । बैंकिङ समूह ५.६५ प्रतिशत बढ्यो । कारोबारमा आएका १३ समूहमध्ये फाइनानस, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त र अनय समूह घटेका छन् । बैंकिङ, विकास बैंक, होटल तथा पर्यटन, लगानी, जलविद्युत, निर्जीवन बीमा, व्यापार र अन्य समूह बढेका छन् । 

तीन वटा कम्पनीको सेयरमूल्य १० प्रतिशत बढेको छ । नेपाल फाइनान्सको सेयरमूल्य १० प्रतिशत घटेको छ । हिमायलन रिइन्स्योरेन्सको सेयरकारोबार सबैभन्दा धेरै ९१ करोड ३३ लाख रुपैयाँको सेयर किनबेच भएको छ । 

 

All finanicial information at your fingertips.

शेयर गर्नुहोस