डिप्रोक्स लघुवित्तको नाफा बढ्यो, प्रतिसेयर आम्दानी ३४.०९ रुपैयाँ


बैंकको खबर । डिप्रोक्स लघुवित्तको नाफा ३३१.९१ प्रतिशत बढेको छ । लघुवित्तले आर्थिक वर्ष २०८०/८१मा ५८ करोड १६ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लोे आर्थिक वर्षमा लघुवित्तको नाफा १३ करोड ४६ लाख रुपैयाँ थियो । 
लघुवित्तले खराब कर्जा घटाएर नाफामा उच्च वृद्धि हासिल गरेको देखिन्छ । खराब कर्जा घटेपछि इम्पेरिमेन्ट चार्ज ९ करोड ८७ लाख रुपैयाँ रिभर्स भएको छ । लघुवित्तको खराब कर्जा गत आर्थिक वर्षमा ६.१५ प्रतिशतबाट घटेर २.८९ प्रतिशतमा झरेको छ । 

लघुवित्तको खुद ब्याज आम्दानी २४.०६ प्रतिशत, खुद फि तथा कमिसन आम्दानी २१.०८ प्रतिशत, खुद सञ्चालन आम्दानी २२.२८ प्रतिशत र सञ्चालन मुनाफा २४१.६२ प्रतिशत बढेको छ । यहीकारण नाफामा उच्च वृद्धि गर्न सफल भएको देखिन्छ । 

नाफामा सुधारभएसँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । अघिल्लो आर्थिक वर्ष ८ रुपैयाँ ६८ पैसा रहेको प्रतिसेयर आम्दानी यसवर्ष ३४ रुपैयाँ नौ पैसा पुगेको छ । यीस्तै मूल्य आम्दानी अनुपात २४.६७ गुणा, प्रतिसेयर नेटवर्थ २१६.८०, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ४७६.०९ रुपैयाँ रहेको छ । 

लघुवित्तको वितरणयोग्य मुनाफा ४० करोड ९४ लाख १५ हजार ७१२ रुपैयाँ छ । लघुवित्तले प्रतिसेयर २४ प्रतिशत मुनाफा वितरण गर्ने क्षमता राखेको छ । 
 

All financial information at your fingertips.

शेयर गर्नुहोस