सेयरबजारमा नेप्से परिसूचक र कारोबार रकम दुवै घट्यो


सेयर खबर । यस साता आइतबार र सोमबार उच्च कारोबार भएको सेयरबाजरमा मंगलबार कारोबार रकम केही घटेको छ । नेप्से परिसूचक पनि घटेको छ । नेप्से परिसूचक आठ दशमलव १८ अंकले घटेर दुई हजार नौ सय २३ दशमलव ४६ विन्दुमा झरेको छ । २१ अर्ब ५१ करोड रुपैयाँ बराबरको पाँच करोड २७ लाख ६४ हजार ८३२ कित्ता सेयर किनबेच भएको छ । 

कारोबार भएका २४३ कम्पनीमध्ये १५७ वटाको सेयरमूल्य घट्दा बजार दबाबमा परेको हो । ८० कम्पनीको सेयरमूल्य बढेको छ भने ६ कम्पनीको स्थिर रहेको छ । 

नेप्सेका अनुसार बैंकिङ शून्य दशमलव ४५, वित्त एक दशमलव ५७, लगानी शून्य दशमलव ०८, व्यापार शून्य दशमलव ०६ र जीवन बीमा शून्य दशमलव ५४ प्रतिशतले बढेको छभने अरु सबै समूहको उपसूचक घटेको छ । विकास बैंक एक दशमलव ३६, होटल तथा पर्यटन दुई दशमलव २५, जलविद्युत् शून्य दशमलव ३५ र उत्पादन तथा प्रशोधन समूह एक दशमलव ४० प्रतिशतले घटेको छ । 

त्यसैगरी, लघुवित्त एक दशमलव १३, म्युचुअल फन्ड शून्य दशमलव ०७, निर्जीवन बीमा एक दशमलव ०२ र अन्य समूहको उपसूचक शून्य दशमलव ७४ प्रतिशतले घटेको छ ।

मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेड, पिपल्स पावर लिमिटेड र डोल्टी पावर कम्पनी लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । 
नेपाल फाइनान्स लिमिटेडको सबैभन्दा धेरै शेयर मूल्य नौ दशमलव ९३ प्रतिशतले घटेको छ । आज सबैभन्दा धेरै नेपाल फाइनान्स लिमिटेडको ८१ करोड ९९ लाख ४० हजार आठ सय २२ रुपैयाँ बराबरको कारोबार भएको छ । 
 

All financial information at your fingertips.

शेयर गर्नुहोस