वाणिज्य बैंकहरुले कमाए ६४ अर्बभन्दा बढी नाफा


बैंकको खबर । सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरुले आर्थिक वर्ष २०८०/८१मा ६४ अर्ब १५ करोड ३० लाख रुपैयाँ नाफा कमाएका छन् । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १३.४० प्रतिशत बढी हो । आर्थिक वर्ष २०७९/८०मा बैंकहरुले ५६ अर्ब ५७ करोड ४४ लाख रुपैयाँ नाफा कमाएका थिए । 

आर्थिक वर्ष २०८०/८१मा सबैभन्दा धेरै नाफा नबिल बैंकले कमाएको छ । नबिलले ७ अर्ब ६ करोड रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्ष नबिलले ६ अर्ब ४० करोड कमाएको थियो । 

ग्लोबल आइएमई बैंक सबैभन्दा धेरै नाफा कमाउने बैंकहरुमध्ये दोस्रो स्थानमा छ । नबिलले ६ अर्ब १ करोड रुपैयाँ नाफा कमाएको छ ।
सबैभन्दा कम नाफा माछापुच्छ्रे बैंकले १ अर्ब २५ करोड रुपैयाँ कमाएको छ । 

अघिल्लो आर्थिक वर्षको तुलनामा सबैभन्दा धेरै नाफा प्रभु बैंकले बढाएको छ । प्रभु बैंकको खुद नाफा एक वर्षमा १४९९ प्रतिशत बढेको छ । आर्थिक वर्ष २०७९/८०मा २८ करोड २ लाख रुपैयाँ कमाएको प्रभुले आर्थिक वर्ष २०८०/८१मा ४ अर्ब ४८ करोड ८ लाख रुपैयाँ कमाएको छ । 
 

                                                   वाणिज्य बैंकहरुको नाफा 

बैंकको नाम नाफा (रु हजारमा) फरक (प्रतिशत)
२०८१ असार २०८० असार
नबिल बैंक            ७,०६०,०३३   ६,४०४,९३६   १०.२३
ग्लोबल आइएमई बैंक            ६,०१६,२१६   ६,६९४,३५८   –१०.१३
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक            ५,१९८,३२०  ३,७२०,८३३    ३९.७१
प्रभु बैंक             ४,४८०,८१०   २८०,२१९  १४९९.०४
प्राइम कमर्सियल बैंक             ३,७७४,३०२   १,०२७,८९९  २६७.१९
एभरेष्ट बैंक            ३,७००,६४८    ३,३६२,१५५  १०.०७
कृषि विकास बैंक           ३,६५५,६६२    १,३२३,४११   १७६.२३
राष्ट्रिय वाणिज्य बैंक            ३,३८१,९४१  २,६०५,७९३   –५.४८
स्टाण्डर्ड चार्टर्ड बैंक             ३,३०८,९५४  ३,४६५,३३०  –४.५१
लक्ष्मिी सनराइज बैंक            ३,०३४,५३९  २,२८५,२३९  ३२.७९
सिद्धार्थ बैंक             ३,०१५,५३५   ३,१६६,७७१  –४.७८
हिमालयन बैंक              २,८३८,०४९  १,५६२,८१७  ८१.६०
सानिमा बैंक            २,३८१,९४१  २,६०५,७९३   –८.५९
एनएमबि बैंक            २,३३६,५९९  ३,२२२,५४७   –२७.४९
कुमारी बैंक            २,३०८,२१२    ५१७,९२१  ३४५.६७
नेपाल एसबिआई बैंक              २,०१३,७२१  १,९७६,५०८  २.३५
नेपाल बैंक            १,६५६,८३१  ३,४३७,५७८   –५१.८०
एनआइसी एसिया बैंक            १,३८१,८६९  ४,४४४,७६९ –६८.९१
सिटिजन्स बैंक इन्टरनेशनल       १,३४२,४६६     १,८६३,७५६ –२७.९७
माछापुच्छ्रे बैंक              १,२५०,१६७  १,६२५,५२५ –२३.०९
कुल         ६४,१५३,०८६ ५६,५७४,४५२ १३.४०

 

शेयर गर्नुहोस