चेक बाउन्सलाई आधार मानी कालोसूचीमा पर्ने व्यवस्था हटाउने


बैंक खबर । नेपाल राष्ट्र बैंकले अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने व्यवस्था गर्ने भएको छ । यसअघि कर्जा सूचना केन्द्रले खातामा पर्याप्त नगद मौज्दात नभएको चेक काट्दा कर्जा कालोसूचीमा राख्दै आएको थियो । यो व्यवस्थाले बैंकिङ कारोबारमा बन्देज गरिँदा धेरै मानिसहरु कालोसूचीमा परेका थिए । 

‘चेक अनादरलाई मात्र आधार मानी कालोसूचीमा राख्ने तथा बैंकिङ्ग कारोबारमा बन्देज हुनेगरी खाता रोक्का राख्ने लगायतका व्यवस्था परिमार्जन गर्ने गरी विद्यमान कर्जा सूचना तथा कालो सूचीसम्बन्धी निर्देशनमा पुनरावलोकन गरिनेछ’ मौद्रिक नीतिमा उल्लेख छ । 

राष्ट्र बैंकले चेक अनादरकै भरमा निर्माण व्यवसायीलाई पनि कालो सूचिमा बस्नु पर्ने व्यवस्था पनि खारेज गरेको छ । 

All financial information at your fingertips.

शेयर गर्नुहोस