मौद्रिक नीति २०८१/८२ : घटाइयो नीतिगत दर


बैंक खबर । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गरेको छ । राष्ट्र बैंकले नीतिगत दरहरुलाई घटाएर लचक मौद्रिक नीति सार्वजनिक गरेको छ । 

गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक गर्दै ब्याजदर करिडोरको माथिल्लो सीमाको बैंकदरलाई ७ प्रतिशतबाट ६.५ प्रतिशत र नीतिगत दर ५.५ प्रतिशतबाट ५ प्रतिशतमा झारिएको बताए । यस्तै ब्याजदर करिडरको तल्लो सीमाका रुपमा रहेको ३ प्रतिशतको निक्षेप संकलन दरलाई भने यथावत् राखिएको बताए ।

बैंकदरमा स्थायी तरलता सुविधा प्रदान हुने व्यवस्थालाई निरन्तरता दिँदै स्थायी तरलता उपलब्ध हुने शर्तहरुलाई लचिलो बनाइने मौद्रिक नीतिमा उल्लेख छ । 

बैंक तथा वित्तीय संस्थाले कायम गर्नुपर्ने अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातसम्बन्धी विद्यमान व्यवस्थालाई पनि निरन्तरता दिएको छ ।
 

All financial information at your fingertips.

शेयर गर्नुहोस