राष्ट्रिय वाणिज्य बैंकको उपकार्यकारी अधिकृतमा रामकुमार थापा नियुक्त


बैंक खबर । राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समितिको २०८१ साउन ३ गते बसेको बैठकको निर्णयअनुसार मुख्य प्रबन्धक रामकुमार थापालाई बैंकको रिक्त रहेको तह ११ को उप कार्यकारी अधिकृत पदमा बढुवा गरेको बैंकले जनाएकोछ  । 

२०५४ सालमा शाखा अधिकृत (तह ७) को रुपमा तत्कालिन एनआइडिसी डेभलपमेन्ट बैंक (हाल राष्ट्रिय वाणिज्य बैंकमा गाभिएको)मा सेवा प्रवेश गरेका थापाले व्यवस्थापन विषयमा एमफिल उत्तीर्ण गरेका छन् । 
 

All financial information at your fingertips.

शेयर गर्नुहोस