बैंकिङ प्रणालीबाट एकैदिन १४ अर्ब रुपैयाँ निक्षेप घट्यो 


बैंक खबर । बैंकिङ प्रणालीबाट एक दिनमै १४ अर्ब रुपैयाँ निक्षेप घटेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार २०८१ साउन ८ गते बैंकिङ प्रणालीबाट १४ अर्ब रुपैयाँ निक्षेप घटेको छ । 

साउन ७ गते सोमबार ६४ खर्ब ४९ अर्ब रुपैयाँ निक्षेप रहेकोमा ८ गते ६४ खर्ब ३५ अर्ब रुपैयाँ कायम भएको छ । यस दिन प्रणालीबाट कर्जा प्रवाह पनि ३ अर्ब रुपैयाँले घटेको छ । साउन ७ गतेसम्म ५१ खर्ब ४१ अर्ब कर्जा प्रवाह देखिएकोमा ८ गते घटेर ५१ खर्ब ३८ अर्बमा झरेको छ । 

बैंक तथा वित्तीय संस्थाको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७८.१५ प्रतिशत कायम छ । बैंकहरुले सीडी रेसियो ९० प्रतिशतभित्र रहेर कर्जा प्रवाह गर्न पाउने व्यवस्था छ । यस आधारमा वित्तीय प्रणालीमा थप ६ खर्ब ५३ अर्ब रुपैयाँ लगानी योग्य रकम देखिन्छ ।

All financial information at your fingertips.

शेयर गर्नुहोस