ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त


बैंक खबर । ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन् । बिहीबार बसेको बैंकको सञ्चालक समितिको बैठकले वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत रेग्मीलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । 

रेग्मीले २०८१ भदौ १ गतेदेखि कार्यभार सम्हाल्नेछन् । तीन दशकभन्दा लामो समय बैंकिङ क्षेत्रमा रहेका रेग्मीले २०६५ मा नायव प्रबन्धक तहबाट ग्लोबल आइएमई बैंकमा प्रवेश गरेका थिए । 

रेग्मीले त्रिभुवन विश्वविद्यालयबाट एमए (अर्थशास्त्र) तथा वेलायतको युनिभर्सिटि अफ वेल्सबाट एमबीए गरेका छन् ।

ग्लोबल आइएमई बैंकमा कर्जा व्यवस्थापन, जोखिम तथा नियन्त्रण, बैंकिङ अपरेसन, जोखिम व्यवस्थापन, अनुपालन, शाखा सञ्चालन, सामान्य प्रशासन, मर्जर व्यवस्थापन लगायत समग्र बैंकिङको सुपरिवेक्षण तहमा काम गरिसकेका रेग्मी एक अब्बल बैंकरका रुपमा परिचित छन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले साउन अन्तिममा अवकास पाउँदैछन् । 

सञ्चालक समितिको सोही बैठकले रिक्त रहेको स्वतन्त्र/महिला सञ्चालकमा भागिरथी भट्टराई ज्ञवालीलाई नियुक्त गर्ने निर्णय गरेको छ । त्रिभुवन विश्वविद्यालयबाट जनप्रशासन र अर्थशास्त्रमा स्नातकोत्तर गरेकी ज्ञवाली लामो समयदेखि अध्यापन र बिभिन्न संघ संस्थामा संलग्न छन् ।

All financial information at your fingertips.

शेयर गर्नुहोस