सूर्योदय वोमी लघुवित्तको एफपीओ खुल्यो


बैंक खबर । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको थप सार्वजनिक निष्काशन (एफपीओ) आज (२०८१ साउन ४ गते)देखि बिक्री खुला भएको छ । 

लघुवित्तले कुल जारी पुँजीको कम्तिमा ३० प्रतिशत सेयर सर्वसाधारणलाई छुट्याउनुपर्ने व्यवस्था बमोजिम एफपीओ निष्काशन गरेको हो । साविकको सूर्योदय लघुवित्त र वोमी लघुवित्त वित्तीय संस्था गाभिएपछि बनेको सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको पुँजी संरचना संस्थापक सेयरको ७०.३६ प्रतिशत र सर्वसाधारण समूहको २९.६४ प्रतिशत थियो । 

सर्वसाधारण समूहको ३० प्रतिशत पु¥याउनका ४६ लाख ७२ हजार ९५४.५० रुपैयाँ बराबरको एक सय अंकित मूल्य दरका ४६ हजार सात सय २९.५४५० कित्ता साधारण सेयर सर्वसाधारणका लागि थप सार्वजनिक निष्काशन (एफपीओ) बिक्रीमा ल्याएको लघुवित्तले जनाएको छ । 

लघुवित्तको एफपीओका लागि सर्वसाधारण लगानीकर्ताले साउन ४ गतेदेखि साउन ८ गतेसम्म आवेदन दिन सक्नेछन् । सो समयअवधिभित्र पर्याप्त आवेदन नपरेमा निष्काशन अवधि साउन १८ गतेसम्म लम्बिनेछ । 

एफपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । 

लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल हो । लगानीकर्ताले सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र सीडीएस एन्ड क्लियरिङको मेरो सेयर एप बाट आवेदन दिन सक्नेछन् । 


 

All financial information at your fingertips.

शेयर गर्नुहोस