आरएसडीसी लघुवित्तको नाफा ३६.४७ प्रतिशत बढ्यो, प्रतिसेयर आम्दानी कति ?


बैंक खबर । आरएसडीसी लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८०/८१मा १४ करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ३६.४७ प्रतिशत बढी हो । आर्थिक वर्ष २०७९/८०मा लघुवित्तले १० करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । 

लघुवित्तको खुद ब्याज आम्दानी र खुद फि तथा कमिसन आम्दानी घटेपनि इम्पेरिमेन्ट चार्जमा कम रकम छुट्याउनुपर्दा खुद नाफामा उच्च वृद्धि भएको देखिन्छ । 

लघुवित्तको खु्द ब्याज आम्दानी १५.२२ प्रतिशत घटेर २४ करोड ४७ लाख रुपैयाँमा झरेको छ । खुद फि कमिसन आम्दानी पनि ४७.९४ प्रतिशत घटेको छ ।

लघुवित्तको सञ्चालन आम्दानी १७.०६ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ३५.१२ प्रतिशत बढेको छ । सञ्चालन मुनाफा २० करोड ९४ लाख रुपैयाँ भएको छ । 

लघुवित्तले कुल पाँच अर्ब ३५ करोड ९३ लाख रुपैयाँ बरोइङ गरेर छ अर्ब २७ करोड ३१ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

नाफा बढेसँगै प्रतिसेयर आम्दानीमा पनि सुधार भएको छ । लघुवित्तको प्रतिसेयर आम्दानी १५ रुपैयाँ ५३ पैसा, पीई रेसियो ४४.५६ गुणा, प्रतिसेयर नेटवर्थ १२४ रुपैयाँ ५० पैसा र प्रतिसेयर कुल सम्पत्तिको मूल्य ७०५ रुपैयाँ ७६ पैसा रहेको छ । 

लघुवित्तको निष्क्रिय कर्जा भने अघिल्लो आर्थिक वर्षको तुलनामा दोब्बर भन्दा बढी बढेको छ । अघिल्लो आर्थिक वर्ष १.४० प्रतिशत निष्क्रिय कर्जा रहेकोमा आर्थिक वर्ष २०८०/८१मा ३.३१ प्रतिशत पुगेको छ ।
 

All financial information at your fingertips.

शेयर गर्नुहोस