अमेरिकी डलरको भाउ स्थिर, यूरो, पाउण्ड र अस्ट्रेलियन डलरको भाउ बढ्यो


बैंक खबर । बिहीबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ । राष्ट्र बैंकले बिहीबारको लागि एक अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ ४४ पैसा र बिक्री दर १३४ रुपैयाँ चार पैसा कायम गरेको छ । बुधबार पनि यही मुल्यमा कारोबार भएको थियो । 

बुधबारको तुलनामा यूरोको भाउ बढेको छ । बिहीबार एक यूरोको खरिद दर १४६ रुपैयाँ र बिक्री दर १४६ रुपैयाँ ६५ पैसा तोकेको छ । बुधबार एक यूरोको खरिद दर १४५ रुपैयाँ ४० पैसा र बिक्री दर १४६ रुपैयाँ पाँच पैसा थियो । 

बेलायती पाउण्ड स्टर्लिङको मूल्य पनि बढेको छ । बुधबार एक पउण्ड स्टर्लिङको खरिद दर १७२ रुपैयाँ ९६ पैसा र बिक्री दर १७३ रुपैयाँ ७४ पैसा रहेकोमा बिहीबार खरिद दर १७४ रुपैयाँ १ पैसा र बिक्रीदर १७४ रुपैयाँ ७९ पैसा तोकेको छ ।  

बिहीबारका लागि अस्ट्रेलियन डलरको खरिद दर ९० रुपैयाँ एक पैसा र बिक्री दर ९० रुपैयाँ ४१ पैसा तोकेको छ । क्यानेडियन डलरको खरिद दर ९७ रुपैयाँ ६२ पैसा र बिक्री दर ९८ रुपैयाँ पाँच पैसा कायम भएको छ ।

राष्ट्र बैंकले मलेसियन मुद्रा रिंगिटको खरिद मूल्य २८ रुपैयाँ ६१ पैसा र बिक्री मूल्य २८ रुपैयाँ ७४ पैसा तोकेको छ । कतारी रियालको खरिद दर ३६ रुपैयाँ ५९ पैसा र बिक्री दर ३६ रुपैयाँ ७६ पैसा तोकेको छ । यस्तै साउदी अरेबियन रियालको खरिद दर ३५ रुपैयाँ ५८ पैसा र बिक्री दर ३५ रुपैयाँ ७४ पैसा तोकेको छ ।

दक्षिण कोरियन वोन १०० को खरिद दर ९ रुपैयाँ ६८ पैसा र बिक्री दर ९ रुपैयाँ ७३ पैसा छ । 
 

All financial information at your fingertips.

शेयर गर्नुहोस