नियमविपरित काम गर्ने विकास बैंक र फाइनान्स कम्पनीलाई राष्ट्र बैंकले गर्यो कारबाही


बैंक खबर । नेपाल राष्ट्र बैंकले नियम विपरित काम गर्ने विकास बैंक र फाइनान्स कम्पनीहरुलाई कारबाही गरेको छ । 

आर्थिक वर्ष २०८०/८१को चौथो त्रैमासमा कर्णाली विकास बैंकले अनिवार्य मौज्दात कायम नगरेपछि राष्ट्र बैंकले २ हजार ५४६ रुपैयाँ ७२ पैसा जरिवाना तिराएको छ । नारायणी डेभलपमेन्ट बैंकलाई शीघ्र सुधारात्मक कारबाहीलाई निरन्तरता दिएको छ । 

कर्पोरेट डेभलपमेन्ट बैंकलाई वित्तीय विवरण ढिलो पेस गरेको, सर्वसाधारणलाई तोकिएको समयअवधिमा सार्वजनिक नगरेको, समयमा लेखापरीक्षण नगरेको र साधारणसभा ढिलो गरेपछि राष्ट्र बैंकले सचेत गराएको छ । 

सिन्धु विकास बैंकलाई पुँजीकोष अनुपात तोकिएको सीमाभित्र कायम गर्न नसकेपछि शीघ्र सुधारात्मक कारबाही गरेको छ । यस्तै सिन्धु विकास बैंककै तत्कालिन समयका सञ्चालक समिति अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले बैंकबाट जारी गरिएको एकीकृत निर्देशनको व्यवस्था विपरित चेक खरिद गरेको, चेकलाई धितोको रुपमा लिएको र सो चेकको आधारमा साढे दुई करोड बराबरको सेयर धितो फुकुवा गर्ने निर्णय सञ्चालक समितिबाट गराएको, व्यक्तिगत जमानीमा ऋण प्रवाह गरेको, कर्जाको साधारण ब्याज मिनाह गरेको लगायत नियम विपरित काम गरेको पाइएपछि पाँच लाख रुपैयाँ नगद जरिबाना तिराएको छ । 

एक्सेल डेभलपमेण्ट बैंकलाई वित्तीय विवरण ढिलो पेश गरेको र सर्वसाधारणलाई जानकारीको लागि ढिलो सार्वजनिक गरेको साधारणसभा समेत ढिलो सम्पन्न गरेको भन्दै सचेत गराएको छ । 

बेष्ट फाइनान्स र रिलायन्स फाइनानसलाई पनि वित्तीय विवरण ढिलो पेस गरेको र सर्वसधारणका लागि ढिलो सार्वजनिक गरेको, साधारणसभा ढिलो सम्पनन गरेको पाइएपछि सचेत गराएको छ । प्रोग्रेसिभ फाइनान्सले पनि तोकिएको समयवधिभित्र बाह्य लेखापरीक्षण सम्पन्न नगरेको, वार्षिक साधारणसभा नगरेको पाइएपछि सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराएको छ ।  
 

All financial information at your fingertips.

शेयर गर्नुहोस