सेयरबजारमा १२ अर्बको कारोबार, नेप्से ५४ अंक बढ्यो


बैंक खबर । सेयरबजारमा बुधबार १२ अर्ब ५ करोड ९२ लाख रुपैयाँ बराबरको तीन करोड २० लाख ९५ हजार ९३७ कित्ता सेयर किनबेच भएको छ । 
नेप्से परिसूचक ५४.०४ अंकले बढेर २३६४.६३ विन्दुमा कायम भएको छ । कारोबार भएका २४२ कम्पनीमध्ये २०४ कम्पनीको सेयरमूल्य बढ्दा बजारमा हरियाली छाएको हो । यसदिन ३२ कम्पनीका सेयरधनीले भने गुमाएका छन् । छ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ । 

बुधबार लगानीकर्ता ब्यापार समूहमा बढी झुम्मिएका थिए । ब्यापर समूह ७.३० प्रतिशत बढ्यो । त्यसपछि फाइनान्स समूह ५.५० प्रतिशत, विकास बैंक समूह ४.०९ प्रतिशत, निर्जीवन बीमा ३.३४ प्रतिशत, उत्पादन तथा प्रशोधन ३.०२ प्रतिशत, जीवन बीमा २.१८ प्रतित र बैंकिङ २.०८ प्रतिशत बढेको छ । लघुवित्त १.८४ प्रतिशत, जलविद्युत १.७१ प्रतिशत, लगानी १.५३ प्रतिशत, अन्य १.३६ प्रतिशत र म्युचुअल फण्ड ०.०८ प्रतिशत बढेको छ । 

सेन्ट्रल फाइनान्सको सेयरमूल्य १० प्रतिशत बढेको छ । त्यसपछि सिंगटि हाइड्रो इनर्जीको ९.९७ प्रतिशत, आँखुखोला खोला जलविद्युतको ९.९५ प्रतिशत, मन्दकिनी हाइ«ोपावरको ९.९० र सिईडीबी हाइड्रोपावर डेभलपमेन्टको ९.८७ प्रतिशतले सेयरमूल्य बढेको छ । 

सबैभन्दा धेरै सिटिजन्स म्युचुअल फण्ड २ को इकाई मूल्य ९.९० प्रतिशत घटेको छ । अधिकांश ऋणपत्रको मूल्य घटेको छ । सबैभन्दा धेरै सेयर कारोबार सिंगटी हाइड्रो इनर्जीको २३ करोड ५५ लाख ८१ हजार रुपैयाँ बराबरको भएको छ । 


 

All financial information at your fingertips.

 

२०८१ साउन २ ।

शेयर गर्नुहोस