सुनको मूल्य प्रतितोला एक लाख ४९ हजार ८०० रुपैयाँ पुग्यो


अर्थतन्त्र । सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । २०८१ साउन २ गते बुधबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ४९ हजार ८०० रुपैयाँ कायम भएको छ । त्यसैगरी तेजावी सुनको मूल्य प्रतितोला एक लाख ४९ हजार १०० रुपैयाँ कायम भएको छ । यो मूल्य अहिलेसम्मकै उच्च हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा सुनको मूल्य प्रतितोला दुई हजार रुपैयाँ बढेको छ ।

पछिल्लो चार कारोबार दिनदेखि सुनको मूल्य निरन्तर बढ्दै नयाँ उचाई बनाउँदै गएको छ । 

बुधबार चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेर एक हजार आड सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ । 
 

All financial information at your fingertips.

शेयर गर्नुहोस