सम्पदा लघुवित्तको अध्यक्षमा कृष्णबहादुर थापा चयन


बैंक खबर । साविकको साधना लघुवित्त र सबैको लघुवित्त वित्तीय संस्था गाभिएर बनेको सम्पदा लघुवित्त वित्तीय संस्थाको सञ्चालक समिति अध्यक्षमा कृष्णबहादुर थापा चयन भएका छन् । 

२०८१ असार ३० गते बसेको सञ्चालक समितिको बैठकले थापालाई सर्वसम्मतिबाट अध्यक्ष चयन गरेको हो । सञ्चालक समितिमा नरहरि ढकाल, जीबमूर्ति पन्त, प्रदीप सिग्देल (शर्मा), दिनेश अर्याल र श्यामप्रसाद श्रेष्ठ नियुक्र भएका छन् । सबै सञ्चालकहरुले साउन १ गते पद तथा गोपनियताको सपथ ग्रहण गरेको लघुवित्तले जनाएको छ । 

यस्तै साउन १ गते बसेको लघुवित्तको सञ्चालक समिति बैठकले प्रमुख कार्यकारी अधिकृतमा साविकको सबैको लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत केशवकुमार पौडेललाई नियुक्त गरेको छ । साथै कम्पनी सचिवको जिम्मेवारी पनि पौडेललाई नै तोकेको छ । 

सधना लघुवित्त वित्तीय संस्था र सबैको लघुवित्त वित्तीय संस्थाबीच मर्जर प्रक्रिया पुरा भई सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट २०८१ असार ३० गतेदेखि एकीकृत कारोबार सुरु भएको थियो ।
 

All financial information at your fingertips.

शेयर गर्नुहोस