बैंकिङ प्रणालीबाट ५० अर्ब तान्दै राष्ट्र बैंक


बैंक खबर । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि त्यसको व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंकले आज (बुधबार) ५० अर्ब प्रशोचन गर्न लागेको छ । बैंकले सूचना निकालेर २०८१ सासउन २ गते २१ दिनको लागि ५० अर्ब रुपैयाँ निक्षेप संकलन हुने जनाएको छ । 

निक्षेप राख्न इच्छुक बैंक तथा वित्तीय संस्थाले साउन २ गते मध्यान्ह तीन बजेसम्म अनलाइन मार्फत बोलकबोल गर्न सक्नेछन् । यस उपकरणको साँवाब्याज भुक्तानी साउन २३ गते हुने केन्द्रीय बैंकले जनाएको छ । 

बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा पाँच करोडले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकमसम्म बोल गर्न सक्नेछन् । यस उपकरणलाई धितोका रुपमा प्रयोग गर्न सकिने केन्द्रीय बैंकले जनाएको छ । 

आर्थिक वर्ष २०८०/८१को अन्तिम महिना सरकारले भुक्तानी बढाएपछि वित्तीय प्रणालीमा निक्षेप बढेको थियो । एक महिनामा दुई खर्बभन्दा बढी निक्षेप बढ्दा प्रणालीमा अधिक तरलताको स्थिति देखिएको हो । अहिले बैंक तथा वित्तीय संस्थासँग साढे पाँच खर्ब हाराहारी लगानी गर्न मिल्ने पैसा छ ।

बैंक तथा वित्तीय संस्थाले कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ९० प्रतिशत भित्र रहेर कर्जा लगानी गर्न सक्छन् । तर अहिले सीडी रेसियो ७७.६१ प्रतिशतमा झरेको छ ।
 

All financial information at your fingertips.

शेयर गर्नुहोस