विदेशी विनिमय दर : डलर र युरोको भाउ घट्यो


बैंक खबर । बुधबार अमेरिकी डलर, युरोपियन यूरो, बेलायती पाउण्ड स्टर्लिङ, अस्ट्रेलियन डलर लगायतका विदेशी मुद्राको भाउ घटेको छ । मंगलबार नेपाली बजारमा एक अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ ४६ पैसा र बिक्री दर १३४ रुपैयाँ छ पैसा रहेकोमा बुधबार खरिद दर १३३ रुपैयाँ ४४ पैसा र बिक्री दर १३४ रुपैयाँ चार पैसा कायम भएको छ । 

मंगलबारको तुलनामा एक यूरोको भाउ २२ पैसा घटेको छ । एक यूरोको खरिद दर १४५ रुपैयाँ ४० पैसा र बिक्री दर १४६ रुपैयाँ पाँच पैसा तोकिएको छ ।

बेलायती पाउण्ड स्टर्लिङको मूल्य पनि घटेको छ । मंगलबार एक पउण्ड स्टर्लिङको खरिद दर १७३ रुपैयाँ १९ पैसा र बिक्रीदर १७३ रुपैयाँ ९७ पैसा रहेकोमा बुधबार खरिद दर १७ रुपैयाँ ९६ पैसा र बिक्री दर १७३ रुपैयाँ ७४ पैसा कायम गरिएको छ । 

बुधबारका लागि अस्ट्रेलियन डलरको खरिद दर ८९ रुपैयाँ ९४ पैसा र बिक्री दर ९० रुपैयाँ ३४ पैसा कायम छ । क्यानेडियन डलरको खरिद दर ९७ रुपैयाँ ५१ पैसा र बिक्री दर ९७ रुपैयाँ ९५ पैसा कायम भएको छ ।

राष्ट्र बैंकले मलेसियन मुद्रा रिंगिटको खरिद मूल्य २८ रुपैयाँ ५४ पैसा र बिक्री मूल्य २८ रुपैयाँ ६७ पैसा तोकेको छ । कतारी रियालको खरिद दर ३६ रुपैयाँ ५९ पैसा र बिक्री दर ३६ रुपैयाँ ७६ पैसा तोकेको छ । यस्तै साउदी अरेबियन रियालको खरिद दर ३५ रुपैयाँ ५८ पैसा र बिक्री दर ३५ रुपैयाँ ७४ पैसा तोकेको छ ।

दक्षिण कोरियन वोन १०० को खरिद दर ९ रुपैयाँ ६५ पैसा र बिक्री दर ९ रुपैयाँ ६९ पैसा छ । 
 

All financial information at your finger tips.

शेयर गर्नुहोस