सुनको मूल्य अहिलेसम्मकै महँगो, तोलाको एक लाख ४७ हजार ८०० पुग्यो


अर्थतन्त्र । २०८१ साउन १ गते मंगलबार (आज) सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आज छापावाल सुन प्रतितोला ९०० रुपैयाँ बढेर एक लाख ४७ हजार ८०० रुपैयाँ कायम भएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुनको मूल्य एक लाख ४७ हजार १०० रुपैयाँ कायम भएको छ । 

चाँदीको मूल्य भने घटेको छ । महासंघले मंगलबारका लागि चाँदी प्रतितोला एक हजार आठ सय ७५ रुपैयाँ मूल्य कायम गरिएको जनाएको छ । 

अन्तर्राष्ट्रिय बजारमा मंगलबार बिहान २४ सय ३४ डलर प्रतिऔंस कारोबार भइरहेको छ ।

अमेरिकामा मुद्रास्फीति घट्दै गएपछि केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदर घटाउन सक्ने सम्भावना बढेको छ । यहीकारण लगानीकर्ताले डलरमा भएको लगानी झिकेर सुन र सेयरमा लगाइरहेका छन् । यसको असरबाट सुनको मूल्य बढेको हो ।
 

All financial information at your fingertips.

शेयर गर्नुहोस