यस्तो छ आजको विनिमय दर : डलर र युरोको भाउ बढ्यो


बैंक खबर । मंगलबार अमेरिकी डलरको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ ४६ पैसा र बिक्री दर १३४ रुपैयाँ ०६ पैसा छ । यो दर सोमबारको तुलनामा १० पैसा बढी हो । सोमबार एक अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ ३६ पैसा र बिक्री दर १३३ रुपैयाँ ९६ पैसा छ । आइतबार पनि यही दरमा कारोबार भएको थियो ।

युरोपियन यूरोको मूल्य पनि बढेको छ । सोमबारको तुलनामा प्रति यूरो १६ पैसा बढेको छ । मंगलबार एक यूरोको खरिद दर १४५ रुपैयाँ ६२ पैसा र बिक्री दर १४६ रुपैयाँ २७ पैसा तोकिएको छ । सोमबार एक यूरोको खरिद दर १४५ रुपैयाँ ४६ पैसा र बिक्री दर १४६ रुपैयाँ १२ पैसा थियो ।

बेलायती पाउण्ड स्टर्लिङको मूल्य भने घटेको छ । मंगलबार एक पउण्ड स्टर्लिङको खरिद दर १७३ रुपैयाँ १९ पैसा र बिक्रीदर १७३ रुपैयाँ ९७ पैसा कायम छ । सोमबार एक पउण्ड स्टर्लिङको खरिद दर १७३ रुपैयाँ २९ पैसा र बिक्रीदर १७४ रुपैयाँ सात पैसा थियो ।

मंगलबारका लागि अस्ट्रेलियन डलरको खरिद दर ९० रुपैयाँ ४६ पैसा र बिक्री दर ९० रुपैयाँ ८७ पैसा कायम छ । क्यानेडियन डलरको खरिद दर ९७ रुपैयाँ ८१ पैसा र बिक्री दर ९८ रुपैयाँ २४ पैसा कायम भएको छ ।

राष्ट्र बैंकले मलेसियन मुद्रा रिंगिटको खरिद मूल्य २८ रुपैयाँ ५७ पैसा र बिक्री मूल्य २८ रुपैयाँ ७० पैसा तोकेको छ । कतारी रियालको खरिद दर ३६ रुपैयाँ ६० पैसा र बिक्री दर ३६ रुपैयाँ ७६ पैसा तोकेको छ । यस्तै साउदी अरेबियन रियालको खरिद दर ३५ रुपैयाँ ५८ पैसा र बिक्री दर ३५ रुपैयाँ ७४ पैसा तोकेको छ ।

दक्षिण कोरियन वोन १०० को खरिद दर ९ रुपैयाँ ६५ पैसा र बिक्री दर ९ रुपैयाँ ७० पैसा छ ।  
 

All financial information at your fingertips.

शेयर गर्नुहोस