राष्ट्रिय वाणिज्य बैंकको एकैपटक छ स्थानमा शाखा विस्तार


बैंक खबर । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले देशको विभिन्न ६ स्थानमा आइतबार एकैपटक शाखा विस्तार गरेको छ । 

सुनसरी जिल्लाको हरिनगरा नगरपालिका वडा नं. २ भुटाहा स्थित शाखा कार्यालय भुटाहा, काठमाडौं जिल्लाको काठमाडौं महानगरपालिका वडा नं. २ लाजिम्पाट स्थित शाखा कार्यालय लाजिम्पाट, काठमाडौं जिल्लाको काठमाडौं महानगरपालिका वडा नं. ४ सुकेधारा स्थित शाखा कार्यालय सुकेधारा, कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नं. १ हरिचोक स्थित शाखा कार्यालय हरिचोक, रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका वडा नं. ५ मणिग्राम स्थित शाखा कार्यालय मणिग्राम, बर्दिया जिल्लाको बढैयाताल गाँउपालिका वडा नं. ६ मैनापोखर स्थित शाखा कार्यालय मैनापोखर शाखा कार्यालयहरु विस्तार गरी आइतबारबाट कारोबार शुभारम्भ गरेको छ । 

यी कार्यालय स्थापनापछि बैंकको कुल शाखा संख्या २९४ पुगेको छ । बैंकले आइतबार नै स्याङ्जाको चापाकोट नगरपालिका वडा नं. १० स्थित इसान बहुप्राविधिक शिक्षालयमा ७३औँ एक्स्टेन्सन काउन्टर समेत सञ्चालनमा ल्याएको छ । 

बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २९४ वटा शाखा कार्यालय, ३०८ वटा एटीए र ७३ वटा  एक्स्टेन्सन काउन्टरबाट बैंकिङ सेवा दिँदै आएको छ ।
 

All financial information at your fingertips.

शेयर गर्नुहोस