एभरेष्ट बैंकको २०८० सालको क्यालेन्डर सार्वजनिक


बैंक खबर । एभरेष्ट बैंकले २०८० सालको कर्पोरेट क्यालेन्डर सार्वजनिक गरेको छ । बैंकले नेपालका राष्ट्रिय विभूतिहरु भन्ने नारा सहितको क्यालेन्डर सार्वजनिक गरेको हो । क्यालेन्डरमा नेपालको कला, संस्कृति, भाषा भेषभुषा तथा पर्यटनलाई प्रर्वद्दन गर्ने विषयवस्तु समेटिएको बैंकले जनाएको छ । 

बैंकले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा एक कार्यक्रम आयोजना गरी क्यालेन्डर सार्वजजनिक गरेको हो । क्यालेन्डरको अनावरण मन्त्रालयका सचिव सुरेश अधिकारी र एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले संयुक्त रुपमा गरेका हुन् । 

कार्यक्रमा सचिव अधिकारीले एभरेष्ट बैंकले प्रकाशन गरेको क्यालेन्डरले समग्र जातजाती, भूगोल तथा पर्यटन प्रर्वद्धनमा भूमिका खेल्ने बताए । 

बैंकका प्रमुख कार्यकारी अधिकृत खालिङले नेपाली कला संस्कृती, पर्यटन तथा विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने विभूतिहरुलाई सम्मान गर्न यस्ता विषयवस्तु समेटिएको बताए । 

कार्यक्रममा मन्त्रालयका वरिष्ठ अधिकारीहरु र बैंकका उच्च तहका कर्मचारीहरुको उपस्थिति रहेको थियो । 
पंजाब नेशनल बैंक भारतसँग संयुक्त साझेदारमा सञ्चालित एभरेष्ट बैंकले १३ लाख भन्दा बढी ग्राहकलाई बैंकिङ सेवा दिँदै आएको छ । बैंकले देशभर १२४ शाखा, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय, १६० एटिएम सहित मोबाइल, इन्टरनेट र एसएमएस बैंकिङमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ । 

बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्र पनि सञ्चालन गरिरहेको छ । 
 

All financial information at your fingertips.

शेयर गर्नुहोस