बैंकहरुले फेरि घटाए ब्याजदर, कुन बैंकको ब्याजदर कति ?


बैंक खबर । अधिकांश वाणिज्य बैंकहरुले ब्याजदर घटाएका छन् । बैंकहरुले सोमबार मुद्दति निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । २० वाणिज्य बैंकमध्ये १३ वटाले ब्याजदर घटाएका छन भने पाँच वटाले असारकै ब्याजदरलाई निरन्तरता दिएका छन् । बाँकी दुई वटा बैंकले ब्याजदर बढाएका छन् ।

समग्रमा वाणिज्य बैंकहरुको ब्याजदर औसत ०.१४ प्रतिशत विन्दुले घटेको छ । औसत ब्याजदर ६.८७ प्रतिशत कायम भएको छ । 

कृषि विकास बैंक र एभरेष्ट बैंकले ब्याजदर बढाएका छन् । स्टान्डर्ड चार्टर्ड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, नबिल बैंक, नेपाल एसबीआई बैंक र लक्ष्मी सनराइज बैंकले असार महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । 

वित्तीय प्रणालीमा निक्षेप निरन्तर बढी रहेको छ । असार महिनामा मात्रै सवा दुई खर्ब भन्दा बढी निक्षेप बढेको छ । प्रणालीमा अधिक तरलताको स्थिति छ । बैंकहरुले कर्जा प्रवाह बढाउन सकेका छैनन् । यसको असर बैंकहरुको ब्याज लागतमा परेको छ । यहीकारण बैंकहरुले ब्याजदर घटाएर आफ्नो लागत कम गर्न खोजेको देखिन्छ । ब्याजदर घटाउन बैंकहरुबीच प्रतिस्पर्धा नै चालेको छ । 

वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर (प्रतिशत)

        बैंकको नाम      २०८१ साउन     २०८१ असार        फरक
  हिमालयन बैंक              ७.५०       ८.२५  –०.७५
  नेपाल बैंक               ६.२५      ६.७५   –०.५०
  माछापुच्छ्रे बैंक                  ७.००     ७.५०  –०.५०
  प्रभु बैंक                  ७.००     ७.५०  –०.५०
  सानिमा बैंक                 ६.४०      ६.८०   –०.४०
  प्राइम कमर्सियल बैंक                 ६.५०      ६.७५   –०.२५
  सिद्धार्थ बैंक                ६.७५      ७.००  –०.२५
  ग्लोबल आइएमई बैंक                  ६.२५      ६.५०  –०.२५
  एनएमबि बैंक                  ७.५३      ७.६९  –०.१६
  एनआइसी एसिया बैंक                 ७.५३      ७.६९  –०.१६
  सिटिजन्स बैंक इन्टरनेशनल                 ६.७५      ६.९०   –०.१५
  कुमारी बैंक                ६.५१       ६.५६  –०.०५
  राष्ट्रिय वाणिज्य बैंक                  ६.२१      ६.२२  –०.०१
  स्टाण्डर्ड चार्टर्ड बैंक                ७.००      ७.००  ०
  नेपाल इन्भेष्टमेन्ट मेगा बैंक          ७.००      ७.००  ०
  नबिल बैंक         ७.००      ७.००  ०
  नेपाल एसबिआई बैंक         ६.३०       ६.३०   ०
  लक्ष्मी सनराइज बैंक         ६.५०       ६.५०   ०
  एभरेष्ट बैंक          ६.३०        ५.७५    ०.५५
  कृषि विकास बैंक                 ६.२९      ५.६६  ०.६३
  औसत ब्याजदर        ६.७३       ६.८७  -०.१४

 

शेयर गर्नुहोस