मातृभूमि लघुवित्तको अध्यक्षमा लोकराज शर्मा चयन


बैंक खबर । मातृभूमि लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा लोकराज शर्मा चयन भएका छन् । किसान लघुवित्त वित्तीय संस्था र जाल्पा लघुवित्त वित्तीय संस्था गाभिएर बनेको मातृभूमि लघुवित्त वित्तीय संस्थाको गत असार २७ गते बसेको सञ्चालक समितिको बैठकले अध्यक्षमा शर्मालाई चयन गरेको हो ।

लघुवित्त सञ्चालक समितिमा शम्भुप्रसाद घिमिरे, षडानन्द सापकोटा, भरतबहादुर हमाल, अर्जुन श्रेष्ठ, सुष्मा गौतम र बिमला गौतम चयन भएका छन्। गत बिहीबारदेखि उक्त कम्पनीले एकीकृत वित्तीय कारोबार सुरु गरेको थियो । 

All financial information at your fingertips.

शेयर गर्नुहोस