कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ७७ दशमलव ८४ प्रतिशतमा झर्यो


बैंक खबर । निक्षेप तिव्र रुपमा बढेको र कर्जाको माग न्यून रहेका कारण अहिले बैंक तथा वित्तीय संस्थाको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७७.८४ प्रतिशतमा झरेको छ । 

असार लागेयता वित्तीय प्रणालीमा २ खर्ब १५ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । जेठ मसान्तमा ६२ खर्ब ४२ अर्ब निक्षेप रहेकोमा अहिले त्यो बढेर ६४ खर्ब ५७ अर्ब रुपैयाँ पुगेको छ ।

निक्षेप तिव्र रुपमा बढे पनि कर्जा प्रवाह भने खासै बढ्न सकेको छैन । असार १ देखि २५ गतेसम्म जम्मा २२ अर्ब रुपैयाँ कर्जा बढेको छ । अहिलेसम्म बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कुल कर्जा रकम ५१ खर्ब ५६ अर्ब रुपैयाँ छ । 

आर्थिक वर्षको अन्तिममा सरकारी भुक्तानी बढेपछि बैंकिङ प्रणालीमा पनि निक्षेप बढेको हो । 

All financial information at your fingertips.

शेयर गर्नुहोस