अमेरिकी डलरको भाउ घट्यो, यूरो महँगियो


बैंक खबर । असार ३० गते आइतबार नेपाली बजारमा अमेरिकी डलरको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको भाउ ४ पैसा घटेको छ । राष्ट्र बैंकले अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ ३६ पैसा र बिक्री दर १३३ रुपैयाँ ९६ पैसा तोकेको छ ।

युरोपियन यूरोको मूल्य प्रति यूरो ४९ पैसा बढेको छ । एक यूरोको खरिद दर १४५ रुपैयाँ २४ पैसा र बिक्री दर १४५ रुपैयाँ ८९ पैसा तोकेको छ । गत शुक्रबार एक यूरोको खरिद दर १४४ रुपैयाँ ७५ पैसा र बिक्री दर १४५ रुपैयाँ ४० पैसा थियो ।

अस्ट्रेलियन डलर २४ पैसा र क्यानेडियन डलर ८ पैसा बढेको छ । अस्ट्रेलियन डलरको खरिद दर ९० रुपैयाँ ३३ पैसा र बिक्री दर ९० रुपैयाँ ७४ पैसा कायम छ । क्यानेडियन डलरको खरिद दर ९७ रुपैयाँ ९१ पैसा र बिक्री दर ९८ रुपैयाँ ३५ पैसा कायम भएको छ ।

बेलायती पाउण्ड स्टर्लिङको खरिद दर १७२ रुपैयाँ ८८ पैसा र बिक्री दर १७३ रुपैयाँ ६६ पैसा छ । 

राष्ट्र बैंकले मलेसियन मुद्रा रिंगिटको खरिद मूल्य २८ रुपैयाँ ५६ पैसा र बिक्री मूल्य २८ रुपैयाँ ६९ पैसा तोकेको छ । कतारी रियालको खरिद दर ३६ रुपैयाँ ५७ पैसा र बिक्री दर ३६ रुपैयाँ ७४ पैसा तोकेको छ । यस्तै साउदी अरेबियन रियालको खरिद दर ३५ रुपैयाँ ५६ पैसा र बिक्री दर ३५ रुपैयाँ ७२ पैसा तोकिएको छ ।

दक्षिण कोरियन वोन १०० को खरिद दर ९ रुपैयाँ ६९ पैसा र बिक्री दर ९ रुपैयाँ ७४ पैसा छ । 
 

All financial information at your fingertips.

शेयर गर्नुहोस