सानिमा बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न 


बैंक खबर । सानिमा बैंकले देशभर वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले देशभर फैलिएका आफ्ना शाखा कार्यालयमार्फत ‘ग्लोबल मनि विक २०२३’ अभियान अन्तर्गत चैत ६ गतेदेखि १२ गतेसम्म वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो । 

सोही अवसरमा बैंकले आफ्ना कर्मचारीलाई तीन दिने भर्चुअल तालिम दिएकोे थियो । तालिममा वित्तीय साक्षरता कार्यक्रमको उपदेयता र उद्देश्यका बारेमा जानकारी गराइएको थियो ।

यस्तै देशभर छनौट गरिएका स्कुल तथा कलेजहरुमा बैंकिङ साक्षरता सम्बन्धी कार्यक्रमहरु सञ्चालन गरिएको थियो । अभियान अन्तर्गत बैंकले ‘प्लान योर मनि, प्लान्ट योर फ्युचर’ सम्बन्धी विषयवस्तुमा केन्द्रित भई युवा वर्गमा कार्यक्रम सञ्चालन गरिएको जनाएको छ , 

बैंकले यसअघिपनि सातै प्रदेशहरुमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आफ्ना शाखा कार्यालयमार्फत युवा, महिला र समुदाय लक्षित वित्तीय साक्षरता कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ । 

बैैंकले देशभर १३० कार्यालय र १२३ एटिएम सञ्चालमार्फत बैंकिङ सेवा दिँदै आएको छ ।
 

All financial infromation at your fingertips.

शेयर गर्नुहोस