यस्तो छ देशको आर्थिक तथा वित्तीय स्थिति


बैंक खबर । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको ११ महिनाको तथ्यांकमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी रिपोर्ट सार्वजनिक गरेको छ। 

रिपोर्टअनुसार सबैजसो आर्थिक सूचकहरु सकारात्मक देखिएका छ । वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ४.१७ प्रतिशत देखिएको छ । यस्तै वस्तु व्यापार १.७ प्रतिशत घटेको छ भने रेमिट्यान्स आप्रवाह नेपाली रुपैयाँमा १९.३ प्रतिशतले बढेको छ । 

कुल विदेशी विनिमय सञ्चिति १९ खर्ब ६७ अर्ब १९ करोड रुपैयाँ र अमेरिकी डलरमा १४ अर्ब ७२ करोड रहेको केन्द्रीय बेंकले प्रतिवेदनमा उल्ले खगरेको छ । 
 

All financial information at your fingertips.

शेयर गर्नुहोस