नेप्से परिसूचक २३ अंकले बढ्यो


सेयर खबर । सेयरबजारमा बुधबार नेप्से परिसूचक २३ दशमलव २५ अंकले बढेको छ । नेप्से  २१७५.४० विन्दुमा कायम भएको छ । 

पाँच अर्ब ७४ करोड ४० लाख ८३ हजार ३९१ रुपैयाँको एक करोड ५२ लाख ९६ हजार ७३९ कित्ता सेयर किनबेच भएको छ ।

कारोबार भएका दुई सय ४५ कम्पनीमध्ये १९३ कम्पनीको सेयरमूल्य बढ्दा बजारमा हरियाली देखिएको हो । यसदिन ४६ कम्पनीको सुेयरमूल्य घटेको छ भने ६ कम्पनीको स्थिर रहेको छ । 

लगानीकर्ताको सम्पत्ति ३७ अर्ब रुपैयाँ बढेर ३४ खर्ब ५० अर्ब रुपैयाँ पुगेको छ ।
    
विकास बैंक बाहेक सबै समूह बढेका छन् । विकास बैंक समूह ०.२९ प्रतिशतघटेको छ । सबैभन्दा धेरै बैकिङ समूह एक दशमलव ६९ प्रतिशत बढेको छ । एक प्रतिशत भन्दा धेरै बढ्ने समूहमा फाइनान्स, जलविद्युत, लघुवित्त, निर्जीवन बीमा छन् । 

बलेफि हाइड्रोपावरको सेयर र ‘१०.२५ प्रतिशत एसबीएल डिबेन्चर २०८३’ को कारोबार सकारात्मक सर्किट लेभलमा भएको छ । बुद्धभूमि नेपाल हाईड्रोपावर कम्पनी लिमिटेडको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ । समाज लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य पनि ९.८८ प्रतिशत घटेको छ ।

कारोबार रकमका आधारमा सबैभन्दा धेरै हाथवे इन्भेस्टमेन्ट नेपाल लिमिटेडको १५ करोड आठ लाख ९९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

All financial information at your fingertips.

शेयर गर्नुहोस