सिन्धु विकास बैंकको अध्यक्ष ९ दिनमै परिवर्तन


बैंक खबर । सिन्धु विकास बैंकले छोटो समयमै अध्यक्ष परिवर्तन गरेको छ । ९ दिन अघि अध्यक्ष चयन भएकी निभा डंगोल श्रेष्ठलाई हटाएर दामोदरप्रसाद सुवेदीलाई अध्यक्ष चयन गरेको छ । सुवेदी कर्मचारी संचय कोषबाट पठाइएका सञ्चालक हुन् । 

सञ्चालक समितिको २०८१ असार १३ गते बसेको बैंकको ४३२औँ बैठकले श्रेष्ठलाई अध्यक्ष चयन गरेको थियो । तर त्यसको नौ दिन पछि असार २२ गते सञ्चालक समितिको ४३३औँ बैठकले श्रेष्ठलाई अध्यक्ष पदबाट हटाएर सुवेदीलाई चयन गरेको छ । 
 

All financial information at your fingertips.

शेयर गर्नुहोस