कृषि विकास बैंकको लाभांश साधारणसभाबाट पारित


बैंक खबर । कृषि विकास बैंकको साधारणसभाले प्रस्तावित लाभांश स्वीकृत गरेको छ । मंगलबार भक्तपुरको बोडेस्थित केन्द्रिय तालिम प्रतिष्ठानमा सम्पन्न १६ औं वार्षिक साधारणसभाले सञ्चालक समितिबाट प्रस्तावित ११ प्रतिशत नगद लाभांश र २ प्रतिशत बोनस सेयर स्वीकृत गरेको हो । 

साधारणसभामा सेयरधनीले उठाएका प्रश्नहरुको जवाफ सञ्चालक समितिका अध्यक्ष रामशरण पुडासैनीले दिएका थिए । अध्यक्ष पुडासैनीले सेयरधनीबाट प्राप्त सुझाव कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए । बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले पनि सेयरधनीबाट प्राप्त सुझावलाई आधार मानेर बैंकले काम गर्ने प्रतिवद्धता व्यक्त गरे । 

कृषि विकास बैंकले देशभर २८० शाखा कार्यालयमार्फत बैंकिङ सेवा दिँदै आएको छ । 

All financial information at your fingertips.

शेयर गर्नुहोस